१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो संसारकै महँगो कीरा, जसले तपाईलाई रातारात बनाउन सक्छ करोडपति !



अ+ अ-

एजेन्सी । संसारमा धेरै प्रकारका जीवहरू पाइन्छ, जसमध्ये धेरै दुर्लभ छन् । 

आज हामी तपाईलाई एउटा यस्तो जीवको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई अचम्म पर्नुहुनेछ । 

धेरै मानिसहरू जनावरहरू पाल्न मन पराउँछन् जसको लागि तिनीहरू धेरै पैसा खर्च गर्छन् । तर के तपाईलाई थाहा छ एउटा यस्तो कीरा पनि छ जसलाई कायम राख्न लाखौं रुपैयाँ तिरेर मानिसहरु किन्छन् । 

यस्तो दुर्लभ कीरा यस धर्तीमा पाइन्छ, जसको हेरचाह गर्न मानिसले लाखौं रुपैयाँ खर्च गर्छन् । यो दुर्लभ कीराको मूल्य यति धेरै छ कि जुन रकमले तपाईले विलासी घर किन्न सक्नुहुन्छ । 

जहाँ मानिसहरूले किराहरूलाई घृणा गर्छन्, त्यहाँ मानिसहरू बीच यसलाई किन्न प्रतिस्पर्धा हुन्छ। मानिसहरूले यो कीरा किन्न प्रतिस्पर्धा गर्ने एउटा विशेष कारण छ । 

मानिसहरू यो कीरा किन्न चाहन्छन् किनभने यसले कुनै पनि व्यक्तिलाई रातारात करोडपति बनाउन सक्छ । संसारमा यो बहुमूल्य कीरा बीटल स्ट्याग भनेर चिनिन्छ । यो दुर्लभ कीराको आकार दुईदेखि तीन इन्च सम्म हुन्छ। बीटल स्ट्याग पृथ्वीको सबैभन्दा सानो, अनौठो र दुर्लभ प्रजाति मध्ये एक हो ।

किरा किन्न ५० रुपैया पनि खर्च गर्न मुस्किल पर्छ । तर डेढ करोड रुपैयाँ खर्चेर पनि मानिसहरु यो कीरा किन्न तयार छन् । स्ट्याग बीटल लुकानिडे प्रजातिको कीरा हो। यसको दुर्लभताको कारण यो धेरै महँगोमा बिक्री हुन्छ ।

तपाईंले यो कीरालाई यसको कालो टाउकोबाट निस्कने सिङबाट चिन्न सक्नुहुन्छ । यो कीराको औसत आकार २ देखि ४.८ इन्चको बीचमा हुन्छ । केही वर्षअघि एक जापानी ब्रीडरले आफ्नो बीटल स्ट्याग करिब १ करोड ४ लाखमा बेचेका थिए । 

मानिसहरु एक करोड रुपैयाँसम्म खर्च गरेर यो कीरा किन्न तयार हुन्छन् । मानिसहरू यस कीराहरू जोशका साथ राख्छन् । यो कीराबाट धेरै औषधी बनाइने दाबी गरिन्छ । 

यो कीरा तातो ठाउँमा बस्छ । जाडोमा धेरै संख्यामा यी कीराहरु मर्छन् । यो चिसो ठाउँमा मल र फोहोरको थुप्रो मुनि तातो ठाउँमा बाँच्न सक्छ । स्टेग बीटल करिब सात वर्षसम्म बाँच्न सक्छ।