१३ मंसिर २०८१, बिहीबार
,
Latest
एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक उपत्यकाबाट हराएका २७ मोटसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ: अध्यक्ष ढकाल अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन सुरु हुने कर्णाली याक्समा अनुबन्ध मक्सूद नेपाल आईपुगे अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी परेपछि मोरङका किसान खुशी



अ+ अ-

काठमाडौँ । सुख्खा मौसमबाट चिन्तित बनेका मोरङका किसानले पानी परेपछि राहत महशुस गरेका छन् ।

वायुमण्डलीय तापक्रम वृद्धिसँगै मौसममा आएको परिवर्तनका कारण तरकारी बाली सखाप हुने चिन्तामा रहेका किसान पानी पर्न थालेपछि चिन्तामुक्त बनेका हुन् । कोशी प्रदेशका विभिन्न ठाउँमा केही दिन यता भएको वर्षाका कारण तरकारी बाली जोगिने भएपछि किसानहरूले राहत महशुस गरेका छन् ।

वैशाख महिनाको शुरुवातसँगै देशभरको तापमान उच्च बनेर खडेरीको अवस्था सामना गर्नुपर्दा तरकारी किसान चिन्तित थिए । अस्वभाविक तापमान वृद्धिका कारण तरकारी बाली प्रभावित हुने देखिएपछि हरेस खाइसकेका किसान प्रि–मनसुनको वर्षा शुरु भएपछि हर्षित बनेका हुन् । कृषकहरुले पानी नपर्दा धेरै चिन्ता लागेपनि अहिले पानी परेपछि केही राहत मिलेको बताए ।

मोरङमा किसानहरूले वार्षिक एक लाख ५२ हजार मेट्रिक टनको हाराहारीमा ५६ प्रकारका तरकारी उत्पादन गर्दछन् । जसमा काँक्रा, लौका, पर्वल, गोलभेडा, बोडी र खुर्सानी लगायत आठदेखि नौ प्रकारका तरकारी उत्पादन यही सिजनमा हुन्छ ।

तर पछिल्लो समय वर्षा नभएर खडेरी लागेपछि बालीको वृद्धि विकासमा अवरोध र किरा लाग्ने लगायतका समस्या देखिएको थियो । वर्षा शुरु भएसँगै यस पटकको तरकारी उत्पादन पनि राम्रो हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले बताउनु भयो ।

उहाँले पानी परेसँगै किसान र कृषिजन्य उत्पादनमा राहत मिलेको बताउनु भयो । मोरङमा भने कुल १० हजार ११३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ ।