५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी परेपछि मोरङका किसान खुशी



अ+ अ-

काठमाडौँ । सुख्खा मौसमबाट चिन्तित बनेका मोरङका किसानले पानी परेपछि राहत महशुस गरेका छन् ।

वायुमण्डलीय तापक्रम वृद्धिसँगै मौसममा आएको परिवर्तनका कारण तरकारी बाली सखाप हुने चिन्तामा रहेका किसान पानी पर्न थालेपछि चिन्तामुक्त बनेका हुन् । कोशी प्रदेशका विभिन्न ठाउँमा केही दिन यता भएको वर्षाका कारण तरकारी बाली जोगिने भएपछि किसानहरूले राहत महशुस गरेका छन् ।

वैशाख महिनाको शुरुवातसँगै देशभरको तापमान उच्च बनेर खडेरीको अवस्था सामना गर्नुपर्दा तरकारी किसान चिन्तित थिए । अस्वभाविक तापमान वृद्धिका कारण तरकारी बाली प्रभावित हुने देखिएपछि हरेस खाइसकेका किसान प्रि–मनसुनको वर्षा शुरु भएपछि हर्षित बनेका हुन् । कृषकहरुले पानी नपर्दा धेरै चिन्ता लागेपनि अहिले पानी परेपछि केही राहत मिलेको बताए ।

मोरङमा किसानहरूले वार्षिक एक लाख ५२ हजार मेट्रिक टनको हाराहारीमा ५६ प्रकारका तरकारी उत्पादन गर्दछन् । जसमा काँक्रा, लौका, पर्वल, गोलभेडा, बोडी र खुर्सानी लगायत आठदेखि नौ प्रकारका तरकारी उत्पादन यही सिजनमा हुन्छ ।

तर पछिल्लो समय वर्षा नभएर खडेरी लागेपछि बालीको वृद्धि विकासमा अवरोध र किरा लाग्ने लगायतका समस्या देखिएको थियो । वर्षा शुरु भएसँगै यस पटकको तरकारी उत्पादन पनि राम्रो हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले बताउनु भयो ।

उहाँले पानी परेसँगै किसान र कृषिजन्य उत्पादनमा राहत मिलेको बताउनु भयो । मोरङमा भने कुल १० हजार ११३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ ।