१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ ‘पञ्चायत ३’ को ट्रेलर



अ+ अ-

एजेन्सी । पञ्चायत ‘अमेजन प्राइम’को यस्तो वेब सिरिज हो कि जतिसुकै सिजन रिलिज भए पनि दर्शक सन्तुष्ट हुने छैनन् । दुई सफल सिजनपछि मार्च महिनामा अमेजन प्राइमले ‘पञ्चायत–३’ घोषणा गरेर फ्यानहरुको बेचैनी बढाएको थियो ।

वेब सिरिज पञ्चायत ३ को ट्रेलर कहिले रिलिज हुन्छ र सचिवको जीवनले कस्तो मोड लिन्छ भनेर सबैलाई पर्खिरहेको थियो । अभिषेक त्रिपाठीले पढाइबाट ध्यान हटाएर ‘फुलेरा’ को सचिवको जिम्मेवारी सम्हाल्ने कि नपाउने ? यो प्रश्न थियो ।

तपाईंका सबै प्रश्नहरूको जवाफ मे महिनाको अन्त्यसम्ममा उपलब्ध हुनेछ । यतिबेला निर्माताले ‘पञ्चायत–३’ को ट्रेलर सार्वजनिक गरेका छन्, जसलाई हेरेर तपाईको बेचैनी पक्कै बढ्न सक्छ ।

‘कोटा फ्याक्ट्री’ जस्ता सफल शो दिएका जितेन्द्र कुमार यस सिरिजमा फेरि एकपटक ‘सचिव’को भूमिका निर्वाह गरेर ‘फुलेरा’का जनतालाई सल्लाह दिँदैछन् । पञ्चायत सिरिजमा उनको क्यारेक्टरको नाम ‘अभिषेक त्रिपाठी’ हो । हालै निर्माण पक्षले ‘पञ्चायत’३’ को ट्रेलर रिलिज गरेको छ, जसको सुरुमा अभिषेक त्रिपाठीको स्थानमा प्रधानले प्रधान जीलाई गाउँमा नयाँ सचिवको रूपमा आएको बताएका छन् ।

‘फुलेरा’ मा यो खबर फैलिनेबित्तिकै अभिषेक त्रिपाठीको ट्रान्सफर रद्द भएको छ । यसबाट आक्रोशित जितेन्द्र कुमार स्थानीय राजनीतिबाट बाहिरिएर आफ्नो इन्जिनियरिङ परीक्षामा केन्द्रित हुन चाहन्छन् तर गाउँकै पुरानो सचिव भएकाले आफ्नो जिम्मेवारीबाट पछि हट्दैनन् ।

पञ्चायत ३ अमेजन प्राइम भिडियोमा मे महिनाको २८ तारिखमा रिलिज हुनेछ । दीपक कुमार मिश्राले निर्देशन गरेको यो सिरिजको तेस्रो भागमा जितेन्द्र कुमार बाहेक नीना गुप्ता, फैजल मलिक, रघुवीर यादव, चन्दन रोय लगायतका कलाकार मुख्य भूमिकामा देखिनेछन् ।