• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

गृहमन्त्री समक्ष तीनकुने जग्गा मुआब्जा पीडितले सुनाए गुनासो



काठमाडौं । तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवालाले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।

गृह मन्त्रालयमा सोही क्षेत्रबाट निर्वाचित सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्री समक्ष आफ्नो समस्या सुनुवाइका लागि आग्रह गरेका हुन्।

पञ्चायत स्मारक पार्क बनाउन ०३१ सालमा तत्कालिन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुन सकेको छैन। सांसद गौतमले पनि यो समस्या समाधानको पहल गरिरहनु गगरिरहनु भएको छ। उहाँले पटक पटक प्रतिनिधि सभाको बैठकमा पनि त्यहाँको विवादबारे प्रश्न उठाउनु भएको छ। छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाहको बैठक बोलाउने प्रतिवद्धता जनाउनु भएको छ।

छलफलमा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको भएको थियो।

तीनकुनेमा सरकारबाट केहि जग्गाधनीले मुआब्जा बुझिसकेका छन। केही जग्गाको मुआब्जामा बितरण र केहीको मूल्यांकन समेत भएको छैन। ।