२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्लेअफअघि नै इंग्ल्याण्ड फर्किए राजस्थानका बटलरसहित अन्य टिमका स्टार खेलाडी



अ+ अ-

एजेन्सी । पञ्जाब किंग्सका अलराउन्डर लियाम लिभिङस्टोन अर्को महिना हुने टी–२० विश्वकपअघि घुँडाको चोटबाट निको भएर सोमबार इंग्ल्याण्ड फर्किएका छन् ।

लिभिङस्टोन बाहेक, जोस बटलर (राजस्थान रोयल्स), विल ज्याक र रीस टोपले (रोयल च्यालेन्जर्स बैंगलोर) पनि मे २२ मा पाकिस्तानविरुद्ध सुरु हुने टी–२० शृङ्खलाअघि इंग्ल्याण्ड टोलीमा सामेल हुन आईपीएल छोडेका छन् ।

यद्यपि, पञ्जाब किंग्स १२ खेलमा चार जित हात पार्दै आईपीएल प्लेअफको दौडबाट बाहिर छ । लिभिङस्टोनले इन्स्टाग्राममा लेखेका छन्, ‘आईपीएलको अर्को वर्ष, आगामी विश्वकपका लागि मेरो घुँडा फिक्स गर्नुपर्नेछ । पञ्जाब किंग्सका फ्यानहरूलाई उनीहरूको माया र समर्थनको लागि फेरि पनि धन्यवाद ।’

राजस्थान भने प्लेअफमा पुग्ने लगभग पक्का छ । पाकिस्तानविरुद्धको शृङ्खलापछि साविक विजेता इंग्ल्याण्डको टोली आइसीसी टी–२० विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्ने छ, जहाँ उसले जुन ४ मा स्कटल्याण्डविरुद्ध बार्बाडोसको ब्रिजटाउनमा आफ्नो विश्वकपको यात्रा सुरु गर्नेछ ।

आईपीएल खेल्ने इंग्ल्याण्डको विश्वकप टोलीमा रहेका मोइन अली (चेन्नई सुपर किंग्स), साम करन, जोनी बेयरस्टो (दुबै पञ्जाब किंग्स)र फिल साल्ट (कोलकाता नाइट राइडर्स) पनि चाँडै स्वदेश फर्कनेछन् ।