२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा



अ+ अ-

काठमाडौं । १९९० को नेवारी थिममा, द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पारिवारिक वातावरण युक्त रेष्टुरेन्ट काठमाडौं कपनस्थित दुर्गामंदिरमा अवस्थित छ । वैदेशरोजगारीबाट फर्केका युवाले एकै थलोमा अन्तर्राष्ट्रिय तथा लोकल परिकार उपलब्ध गराउने उद्देश्यले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । 

रेष्टुरेन्टमा नेवारी, मेक्सिकन, मिक्स कंटिनेन्टल र लोकल खानाहरु उपलब्ध छन् । वैदेशिक रोजगारीका क्रममा दुबई र मालदिप्स्मा चार वर्ष सेफका रुपमा काम गरेका युवा पुष्कर श्रेष्ठले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । 

विदेशमा सिकेको सिप स्वदेशमा उपयोग गर्नपर्छ भन्नेमा विश्वास गर्ने श्रेष्ठले कोभिड–१९ को महामारीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘नेपालमा हरेक क्षेत्रमा व्यवसायीक सम्भावना छ’, श्रेष्ठले भने, ‘सिप, आइडिया र पुँजीको अभावले गर्दा यहाँको युवा विदेशिने गरेका छन् ।’विदेशमा सिकेको सिपलाई उपयोग गर्न सकिए स्वदेशमै आत्मनिर्भर हुन सक्ने श्रेष्ठको भनाई छ । शान्त र हरियाली वातावरण भएको ठाउँ भेटिएकाले कोभिड–१९ को बिचमै रेष्टुरेन्ट सञ्चालन गरिएको श्रेष्ठले बताउनु भयो  ।

रेष्टुरेन्ट करिब एक रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा विभिन्न प्रकारको रुख विरुवका साथै चार वटा प्राइभेट कटेज पनि छ । शान्त र स्वच्छ वातावरणमा गुणस्तरिय र स्तरिय खानाका लागि जिंगो काठमाडौंबासीका लागि उत्कृष्ट विकल्प हुनसक्छ । काठमाडौंको चक्रपथ गोपीकृष्ण हलदेखि साढे एक किमी र सुकेधाराबाट १.३ किमीको दुरीमा अवस्थित छ । 

रेष्टुरेन्टमा अन्तराष्ट्रियस्तरमा खानाका शौखिनकाबीच लोकप्रिय बन्दै गएको टाकोस, नाचोस साथै स्वदेशी नेवारी सेट, समैंबजी, यमरी, छोयला, बारबिक्यू लगायतका खाना एउटै थलोमा प्राप्त गर्न सकिन्छ । ‘नेपालीहरुमा पछिल्लो समयमा विभिन्न स्वादको खाना खाने प्रचलन बढ्दो छ ।

नेपाली विश्वका हरेक देशमा पुगेका छन्,’ श्रेष्ठले भने, ‘स्वदेशमै अन्तर्राष्ट्रियस्तरको खाना खाने धेरैको चहाना हुन्छ ।’ उपभोक्तालाई स्तरिय र गुणस्तरिय स्वादिलो खाना चखाउन रेष्टुरेन्ट सञ्चालन गरिएको उहाँको बताउनु भयो । ‘स्वदेशमा जस्तो विदेशमा आत्मसन्टुष्टि मिल्दैन,’ श्रेष्ठले भने, ‘विदेशमा जति पैसा कमाए पनि सुखदुःख बढ्नका लागि परिवार तथा साथी पाइदैन ।’ नेपालमा थोरै पैसा कमाए पनि आत्मसन्टुष्टि मिल्ने उहाँको भनाई छ ।

जिंगमा एक सय २० जनासम्म अट्ने क्षमता छ । यहाँ विवाह, वर्तबन्धन, पास्नी, लाइभ म्यूजिक लगायत आयोजना गर्न प्रयाप्त पुर्वाधार पनि छ । उहाँसँग वैदेशिक रोजगारीका क्रममा कतारको र्याडिसन ब्ल्यू होटलमा ढेड वर्ष र माल्दिप्स्को फुराबेरी र्सिोटमा करिब तीन वर्ष कुकको अनुभव पनि छ ।