७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादव सर्वोच्चमा



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको प्रति असन्तुष्टि जनाउँदै उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

निर्वाचन आयोगले दल दर्ताको नीति विपरित कानुनका न्युनतम सर्तसमेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको दाबी गर्दे यादव सर्वोच्च अदालत जानु भएको हो ।

सर्वोच्च अदालतले यादवको रिटलाई आगामी जेठ २ गते पेसी तोकेको छ । उपेन्द्र यादव स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा रहेका बेला नेता अशोक राईले आफ्नो नेतृत्वमा सात सांसद लिएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनु भएको थियो ।

निवेदन दिएको भोलिपल्ट नै आयोगले राई नेतृत्वको समूहलाई जसपा नामसहित दलीय मान्यता प्रदान गरेको थियो ।