२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसलाई बोलाउनुभएको छ ।

प्रधानमन्त्री दाहालले ९ बजे छलफल गर्न कांग्रेसलाई बोलाउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने तयारी गरेको छ । बजेट भने जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् अबरुद्ध गरेपछि सरकारमाथि दबाब परेको हो । संसद्को अवरोध नहटाइ नीति तथा कार्यक्रम र बजेट ल्याउन सक्ने अवस्था छैन । त्यही कारण सहमति जुटाउन पनि प्रधानमन्त्रीले कांग्रेसका नेताहरुलाई छलफल गर्न बोलाउनुभएको हो ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् ।