२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले नटिङहम फरेस्टलाई हरायो, टोटेनहम र वेस्ट हामको जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले नटिङहम फरेस्टलाई उसकै मैदानमा २–३ गोलले हरायो ।

चेल्सीलाई जित दिलाउन मिखालियो मड्रिक, रहिम स्टर्लिङ र निकोलास ज्याक्सनले गोल गरे । विली वोली र कालुम हड्सन ओडोइले गोल गरेपनि नटिङहमको हार टार्न सकेनन् ।

यो नतिजासँगै चेल्सी ३६ खेलबाट ५७ अंकका साथ तालिकाको सातौं स्थानमा छ । नटिङहम ३७ खेलबाट २९ अंकका साथ १७ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा वेस्ट हाम युनाइटेडले लुटन टाउनलाई ३–१ ले हरायो । घरेलु मैदानमा जित दिलाउन जेम्स वार्ड प्रोसे, टोमास सोउसेक र जर्ज अर्थीले गोल गरे । लुटनका अल्बर्ट साम्बी लोकोंगाले एक गोल फर्काए ।

वेस्ट हाम ३७ खेलबाट ५२ अंकका साथ तालिकाको नवौं लुटन ३७ खेलबाट २६ अंकका साथ १८ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा टोटेनहमले बर्नलेलाई २–१ गोलले हरायो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन पेड्रो पोरो र मिकी भान डी भेनले गोल गरे । बर्नलेका जाकोव ब्रन लार्सेनले एक गोल फर्काए ।

टोटेनहम ३६ खेलबाट ६३ अंकका साथ पाँचौं स्थानमा छ भने बर्नले २४ अंकका साथ १९ औं स्थानमा छ ।