१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले नटिङहम फरेस्टलाई हरायो, टोटेनहम र वेस्ट हामको जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले नटिङहम फरेस्टलाई उसकै मैदानमा २–३ गोलले हरायो ।

चेल्सीलाई जित दिलाउन मिखालियो मड्रिक, रहिम स्टर्लिङ र निकोलास ज्याक्सनले गोल गरे । विली वोली र कालुम हड्सन ओडोइले गोल गरेपनि नटिङहमको हार टार्न सकेनन् ।

यो नतिजासँगै चेल्सी ३६ खेलबाट ५७ अंकका साथ तालिकाको सातौं स्थानमा छ । नटिङहम ३७ खेलबाट २९ अंकका साथ १७ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा वेस्ट हाम युनाइटेडले लुटन टाउनलाई ३–१ ले हरायो । घरेलु मैदानमा जित दिलाउन जेम्स वार्ड प्रोसे, टोमास सोउसेक र जर्ज अर्थीले गोल गरे । लुटनका अल्बर्ट साम्बी लोकोंगाले एक गोल फर्काए ।

वेस्ट हाम ३७ खेलबाट ५२ अंकका साथ तालिकाको नवौं लुटन ३७ खेलबाट २६ अंकका साथ १८ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा टोटेनहमले बर्नलेलाई २–१ गोलले हरायो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन पेड्रो पोरो र मिकी भान डी भेनले गोल गरे । बर्नलेका जाकोव ब्रन लार्सेनले एक गोल फर्काए ।

टोटेनहम ३६ खेलबाट ६३ अंकका साथ पाँचौं स्थानमा छ भने बर्नले २४ अंकका साथ १९ औं स्थानमा छ ।