• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी ★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर ★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी ★   अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी ★   सडक विभागले टाल्यो न्यूरोडको सडक ★   निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त

प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधि सभा बैठक यही जेष्ठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

शुक्रवार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक ज्येष्ठ १ गते अपरान्ह ६ बजे सम्मका लागि स्थगित गरिएको हो । बैठकमा नेपाली काँग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् । —न्युज एजेन्सी नेपाल

तस्बिर : प्रदीपराज वन्त/रासस