२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण



अ+ अ-

अछाम । अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ ।

नेपाली सेनाको यहाँ स्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घरमा एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरि मलामी विश्राम घर निर्माण गरिएको गोरख बक्स गणका गणपति जनक सिलवालले जानकारी दिनुभयो ।

मलामी विश्राम घरसँगै पक्की पर्खाल, आधुनिक शौचालय र पिपल चौतारी निर्माणमा नेपाली सेनाको रु सात लाख ५० हजार र नगरपालिकाले निर्माण सामाग्री सहयोग गरेको छ । उक्त आयोजनाबाट छ वडा र पञ्चदेवल बिनायकका चार वडाका नागरिक लाभान्वित हुने कमलबजारका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।

अहिले मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा उक्त घरको दोस्रो तला थपेर क्रियापुत्री भवनका रुपमा विकास गरिने उहाँले बताउनुभयो । साथै कम समयमा सुविधा सम्पन्न मलामी विश्राम घर निर्माण गरेकामा नगरपालिकाका तर्फबाट गोरख बक्स गणलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

नेपाली सेनाले आफूलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दासँगको समन्वयमा आवश्यकतालाई पहिचान गरि महत्वपूर्ण आयोजना निर्माण गरेकामा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले धन्यवाद दिनुभयो । घर निर्माण भएसँगै वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने स्थानीयले बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले नेपाली सेनाले विभिन्न बेला रचनात्मक तथा सामाजिक विकासमा सहकार्य गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले सेनाले यहाँका नागरिकको समस्यालाई ध्यानमा राखेर महत्वपूर्ण कार्य गरेकाले सेना र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुँदै जाने बताउनुभयो । रासस