• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा



 

काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा अर्थबिद् दिनेशचन्द्र देवकोटाले सहकारी क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताउनु भएको छ ।

काठमाडौंमा नेफ्स्कूनले आयोजना गरेको एक कार्यक्रममा देबकोटाले भन्नुभयो तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी सरकारको प्राथामिकतामा परेन । उहाँले भन्नुभयो संविधानत: सहकारीलाई तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाको रुपमा परिभाषित गरेपनि ८ वर्ष वितिसक्दा समेत सरकारले सो अनुसारको व्यवहार गरेन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्दै अर्थबिद् देवकोटाले सहकारी क्षेत्रको वृद्धि विकास, आर्थिक विकासमा अभियान र सरकारसँगसँगै जाने भनिएपनि व्यबहारमा त्यस्तो हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो खाली पोलिसी निर्माणको विषयमा, अनुगमन नियमनको विषयमा सहकारीमाथि राज्य बढी एकांकी भयो । अर्थतन्त्रको ठूलो हिस्सा बोक्ने सहकारी क्षेत्रको संवेदनशिलतामा राज्य जिम्मेवार हुनुपर्छ ।’

उहाँले बैंकिङ क्षेत्र पनि समस्या रहित नभएको उल्लेख गर्दे कमजोरीहरु सुधार गरेर जानु पर्ने बताउनु भयो । उहाँले सहकारीहरुले विना धितो सुरक्षणका आधारमा गरेको घरजग्गा, आबास , व्यावसायीक भबन तथा सेयर बजारमा गरेको लगानी रोक्न आवश्यक रहेको बताउनु भयो ।