२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत

काठमाडौं महानगरको अर्ध वार्षिक समीक्षा सम्पन्न, महामारीका कारण रोकिएका काम तीब्र बनाउनु पर्नेमा जोड

काठमाडौं महानगरको अर्ध वार्षिक समीक्षा सम्पन्न, महामारीका कारण रोकिएका काम तीब्र बनाउनु पर्नेमा जोड
अ अ+ अ-

काठमाडौं । महानगरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६९ वटा पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको छ । २०१ वटा चालु र १६५ वटा गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ वटामध्ये २२५ वटा कार्यान्वयन चरणमा छन् भने ७२ वटा सुरु हुन बाँकी छन् । यस अवधिमा २३ किलोमिटर सडक कालेपत्रे गरिएको छ । ३४ हजार १६५ बर्गमिटर सडक मर्मत गरिएको छ । ४ वटा वडा भवन, २ वटा अन्य भवन र २ वटा आकाशे पुल निर्माण सम्पन्न गरिएको छ । ३ किलोमिटर ६१ मिटर सडक ढलान गरिएको छ भने ९७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको छ । माघ ४ र ५ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको अर्ध वार्षिक समीक्षा कार्यक्रममा भौतिक पूर्वाधार विभागले यस्तो जानकारी दिएको हो । 

विभागको चालु आर्थिक वर्षको विनियोजित बजेट ३ अर्ब १ करोड ६१ लाख ६ हजार रुपैयाँ हो । समीक्षामा विभाग, महाशाखा, आयोजना र इकाइ गरी २८ क्षेत्रका प्रस्तुति भएका थिए । चालु आर्थिक वर्षको कार्ययोजनामा समावेश भएका योजना तथा कार्यक्रमको प्रगति, अहिलेसम्म सम्पन्न भएका र कार्यान्वयन चरणमा रहेका योजना तथा कार्यक्रम, कार्ययोजनामा समावेश भएका तर चालु आर्थिक वर्षमा कार्यान्वयनमा आउन नसक्ने योजना तथा कार्यक्रमको तथ्यलाई आधार बनाएर प्रस्तुति गरिएका थिए । 

यता सामाजिक विकासतर्फ १ अर्व ६२ करोड रुपैयाँका योजना छन् । सामाजिक सुरक्षा सम्बन्धि महानगरले लिएका २३ वटा नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट व्यहारिने ७७ वटा, नेपाल सरकारबाट प्राप्त ससर्त अनुदानबाट २४ वटा र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट ८ वटा गरी १०९ वटा कार्यक्रम तय गरेको छ । जसमध्ये ६६ वटा कार्यक्रम सुरु गरिसकिएका छन् । ३२ वटा कार्यक्रम कार्यान्वयनको चरणमा छन् भने ११ वटा कार्यक्रम चालु आ. व. मा कार्यान्वयनमा आउन नसक्ने अवस्थामा छन् । यी कार्यक्रममध्ये लघु, घरेलु तथा साना उद्योग संरक्षण तथा सम्वर्धनका लागि रिभल्भिङ् फन्ड स्थापना र सञ्चालन, जेष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र सञ्चालन, पर्किन्सन रोग उपचार लक्षित कार्यक्रमलगायत कार्यक्रम कार्यविधि बनाएर सञ्चालन गर्नु पर्ने भएकोले चालु आर्थिक वर्षमा केही कार्यक्रम सञ्चालनमा आउन नसक्ने भएका हुन् । 

यस अवधिमा विभागले १ हजार २१५ संस्था नविकरण गर्न र ७७ वटा संस्था दता गर्र्न सिफारिस गरेको छ । वडा १ देखि १७ सम्म २१, २६ र २८ मा महिला समूह, समिति र निगरानी समूह गठन गरिएका छन् । यीमध्ये १७, २१, २६ र २८ यसै बर्ष गठन गरिएका हुन् ।  

मुल क्षेत्रअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र आर्थिक विकासका क्षेत्र खर्च हुने गरेको छ । 

आयतर्फ अहिलेसम्म ३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसमा सरकारबाट समानीकरण अनुदानअन्तर्गत १ अर्व २१ करोड रुपैयाँ प्राप्त भएको छ । राजस्व बाँडफाँडबाट २ अर्ब ५५ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म १३ करोड रुपैयाँ प्राप्त भएको छ । 

गएको वर्ष यस अवधिमा ४ अर्व २२ करोड रुपैयाँ संकलन भएको थियो । कोभिड १९ को महामारीका कारण दिइएको कर छुटका कारण गएको वर्षको तुलनामा यस वर्षको आधा वर्षमा कम राजस्व संकलन भएको हो । लक्ष्यका आधारमा गएको बर्षको पहिलो ६ महिनामा ३५ प्रतिशत राजस्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ । संकलित रकममध्ये १ अर्व ७५ करोड रुपैयाँ अनलाइन प्रणालीबाट प्राप्त भएको हो । महानगरका प्रमुख कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, करारीय आयलगायत छन् । यसैगरी संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने आयलगायत छन् । 

वडामार्फत संकलन भएको राजस्व संकलनको अवस्था सन्तोषजनक छ । अघिल्ला वर्षहरुको अभ्यास हेर्दा पहिलो ६ महिनामा लक्ष्यको ४० प्रतिशत र दोस्रो ६ महिनामा ६० प्रतिशत संकलन हुने गरेको थियो । विभागले पुरानो बसपार्क र कवाडी करका लागि वोलपत्र आव्हान गरेको छ । यसबाट राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । 

विभागले आम्दानी गर्ने विभाग र आयोजनाबाट नगदी रसिद फिर्ता गरेर अनिवार्य कम्प्युटरमा आधारित नगद लिने प्रणालीलाई विस्तार गर्ने भएको छ भने आउँदो चैत्र मसान्तसम्ममा करीब २ लाख करदाताको विवरण कम्प्युटरमा संग्रह गरिसक्ने लक्ष्य राखेको छ । यसैगरी आउँदो बर्षको साउन १ गतेदेखि सबै वडाहरुमा बैङ्कहरुको शाखामार्फत रकम जम्मा गर्ने योजना कार्यान्वयनमा लाने योजनाअनुसार काम गरिरहेको छ ।   

समीक्षाका प्रस्तुति सुनिसकेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले, महानगरको नीतिबमोजिम प्राथमिकता प्राप्त योजनालाई कार्यान्वयन लैजान निर्देशन दिनुभयो । ‘नागरिकले नतिजामुखी योजनाको अपेक्षा गर्नुभएको छ । महानगरसँग भएको स्रोतलाई जनताका माग र आवश्यकताका आधारमा खर्च गर्ने प्रणालीमा साझा मत बनाउनोस् र जनप्रतिनिधिको चाहनाबमोजिम योजना कार्यान्वयन गर्नोस् ।’ मेयर शाक्यको भनाइ थियो । 

‘महानगरबाट जनताले अझै धेरै अपेक्षा गर्नुभएको छ । त्यो अपेक्षा पूरा गर्ने दिशामा काम गरौं ।’ डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — ‘हामी थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दिशामा जनप्रतिनिधि र कर्मचारीको एउटै सोच हुनुपर्छ ।’ महानगरसँग योजना कार्यान्वयन गर्ने क्षमता हुँदाहुँदै पनि परिणाम आउने काम गर्न सकिएन । कोभिड १९ को महामारी मुख्य कारण रह्यो । समीक्षापछि सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भन्नुभयो — ‘अब महामारीको डर कम भएको छ । पहिले रोकिएका काम अब अगाडि बढाउन सकिन्छ ।’

‘निर्माणका टुक्रे धेरै योजना खरिद गर्नु पर्ने भएकोले प्रक्रियामा धेरै समय खर्च भयो । पूर्वाधार विकासमा नतिजामुखी परिणाम ल्याउन प्याकेजमा काम गर्नुपर्ने देखियो ।’ समीक्षापछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो — ‘ महानगरका प्राथमिकतमा रहेका ठूला, जनसरोकारका योजना कार्यान्वयनमा लैजान हतार भइ सक्यो । विगतमा भएका गल्ती सुधार गर्दै यसअघि नै परिणाम दिनु पर्ने योजनालाई तीव्र कार्यान्वयनमा ल्याउन विभागहरुको ससक्त नेतृत्व चाहिएको छ ।’