• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

जान्हवी पछि श्रीदेवीकी छोरी खुशी कपुर बलिउड फिल्मा डेब्यु गर्दै



काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुशी कपूरले बलिउड फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । भारतिय मिडियाका अनुसार खुशीले अब बलिउडमा डेब्यु गर्न लागेकी हुन्। 

श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनले फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी थिइन् । 

उनका बुवा बोनी कपूरले खुशीले बलिउडमा डेब्यु गर्ने बारे खुलाएका हुन् । एक अन्तर्वार्तामा उनले खुशीको क्यारियर योजना बताएका थिए । 

उनले अन्तवार्तामा खुशीलाई अभिनयको धेरै मनपर्ने बताउदै चाँडै यससँग सम्बन्धित ठूलो घोषणा सुन्न सकिने बताएका थिए। उनले निर्माताले फिल्मको प्रस्ताव गरेको पनि संकेत गरे ।