२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जान्हवी पछि श्रीदेवीकी छोरी खुशी कपुर बलिउड फिल्मा डेब्यु गर्दै



अ+ अ-

काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुशी कपूरले बलिउड फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । भारतिय मिडियाका अनुसार खुशीले अब बलिउडमा डेब्यु गर्न लागेकी हुन्। 

श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनले फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी थिइन् । 

उनका बुवा बोनी कपूरले खुशीले बलिउडमा डेब्यु गर्ने बारे खुलाएका हुन् । एक अन्तर्वार्तामा उनले खुशीको क्यारियर योजना बताएका थिए । 

उनले अन्तवार्तामा खुशीलाई अभिनयको धेरै मनपर्ने बताउदै चाँडै यससँग सम्बन्धित ठूलो घोषणा सुन्न सकिने बताएका थिए। उनले निर्माताले फिल्मको प्रस्ताव गरेको पनि संकेत गरे ।