• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

फिल्म मुम्बई सागाको ट्रेलर छिट्टै रिलिज हुने



काठमाडौं । बलिउड अभिनेता इमरान हाश्मी र जोन अब्राहम फिल्म मुम्बई सागामा देखिदै छन् । सञ्जय गुप्ताले निर्देशन गरेको यस फिल्मको ट्रेलर अब छिट्टै रिलिज हुने बताइएको छ । 

एक्सन क्राइम फिल्म मुम्बई सागामा अभिनेता जोन अब्राहम ग्याङस्टारको भूमिकामा देखिनेछन् त्यसैगरि फिल्ममा इमरान एक प्रहरीको भूमिकामा देखिदैछन् । 

भारतिय मिडियाका अनुसार हालै यस फिल्म अमेजन प्राइममा ६५ करोडमा  बिक्री भएको छ । फिल्ममा इमरान, जोन, सुनील सेट्टी, गुल्सन ग्रोबर, ज्याकी श्राफ, प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ ।