२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैबाट प्रभावित नभई कानुनबमोजिम नेकपाको आधिकारिकता विवाद निरुपण गरौंः पूर्वप्रमुख निर्वाचन आयुक्त



अ+ अ-

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको आधिकारिकता विवाद कसैबाट प्रभावित नभई कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाको आधिकारिकताको विवाद निरुपण पेचिलो बन्दै गएको अवस्थामा उनीहरुले सो कुरामा जोड दिएका हुन् । आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरिएको छ । त्यसको पहिलो चुनौतीका रुपमा नेकपाको आधिकारिकताको विवाद रहेको छ । नेकपाको आधिकारिकताको विवाद सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव पक्षले आफूहरु आधिकारिक रहेको दाबी गरिरहेका छन् । यसले गर्दा आयोगले कानुनी प्रक्रियाअनुरुप विवाद निरुपण गर्ने प्रक्रियामा जान कठिनाइ भइरहेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार दुवै पक्षले नेकपाको आधिकारिकताको दाबी गरेको छैन । सो ऐनको धारा ४३ देखि ४६ सम्ममा यस विषयमा प्रस्टरुपमा व्याख्या छ । तर, त्यसका लागि दलहरु प्रक्रियामा नआएको आयोगको भनाइ रहेको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दुवै पक्षले आ–आफ्नो दल भनेर दाबी गर्नुको साटो आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै आएकाले आयोगले नेकपा विभाजित छ कि छैन भनेर कागजीरुपमा हेर्न नसकिरहेको बताउनुभयो ।

प्रचण्ड–नेपाल पक्षले विधानअनुसार ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा २ सय ९५ रहेको दाबी गरेको छ भने ओली पक्षले नेकपाको विधानविपरीत केन्द्रीय सदस्य विस्तार गरेर १ हजार ५ सय १ सदस्यीय बनाएको छ । ‘अहिलेको जटिलता भनेको दल दुवैलाई चाहिएको छ । एकले अर्कोलाई यो दल तेरो र यो दल मेरो भनेको छैनन् । दुवैले यो दल मेरो हो भनिरहेका छन् । तर फुट्न भने कोही पनि चाहेको छैनन्।’ –पूर्वप्रमुख निर्वाचन आयुक्त डा। यादवले भन्नुभयो । ‘दुवै पक्षले आफूसँग बहुमत छ भन्ने दाबी गर्छन् । बहुमत भनेको संख्यामा हुन्छ । त्यो संख्या कसलाई मान्ने, कुन विन्दुबाट संख्याको निर्धारण गर्ने भन्ने कुरा मुख्य विषय त्यो हो । दुवै पक्षले बहुमत छ भन्छन् तर कुन संख्यालाई बहुमत मानेर त्यो भनिरहनुभएको हो रु’ –उहाँले भन्नुभयो ।

विवाद समाधान गर्न राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र संवैधानिक अधिकार रहेको उल्लेख गर्दै यादवले आयोगले गरेको निर्णयमा चित्त नबुझेपछि सर्वोच्चमा रिटमा जाने उपाय रहेको बताउनुभयो । ‘आयोगले गम्भीर भएर यो विषयलाई हेर्नुपर्छ । यसलाई हल्कारुपमा लिनु हुँदैन।’ –उहाँले भन्नुभयो ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेकपाका दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरेर नहुने भन्दै भन्नुभयो– ‘निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुनेछ । यसमा निर्णय गर्न आयोगले अलमल गर्नुहुँदैन ।’ आफ्नो आधिकारिक परिचयपत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ, त्यसैले नेकपाको नाम, चुनाव चिह्न र झन्डा पाउने कानुनी प्रक्रिया र यसअघिको प्रचलन रहेको उहाँको भनाइ छ ।

विवाद निरुपणमा आयोग कसैबाट प्रभावित हुन नहुने अर्को पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुवै पक्षले आधिकारिकता दाबी गरिरहेका छन् । यस्तो अवस्थामा आयोगले डर, धम्की र आन्दोलनबाट नडराई कानुन हेरेर विवाद निरुपण गर्नुपर्दछ ।’

आयोग संवैधानिक आयोग भएकाले संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकारभित्र रहेर विवाद समाधान गर्नुपर्ने पनि पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठको जोड रहेको छ । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र दल विभाजनसम्बन्धी मुद्दा किनारा लगाउन न्यूनतम ४५ दिन लाग्ने आयोगले भनिरहेको छ । नेपाल समाचारपत्र दैनिक