७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना पोजिटिभ देखिएपछि बलात्कार आरोपीलाई घर छोडियो, घर पुगेर भोजभतेर



अ+ अ-

काठमाडौं । गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो ।

हिरासतमा राखिएको एक सातापछि उनको कोरोना परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले बलात्कार आरोपीलाई हिरासतमुक्त गर्यो । होम आइसोलेसनमा बस्ने गरेर हिरासतमुक्त भएका उनी ठाउँ गएर भोजभतेर गर्न थाले । पीडितको घरमै पुगेर मुद्दा फिर्ता लिन धम्क्याउन थाले ।

‘गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कोरोनाको बहानामा घर पठाउँदा पीडितलाई पर्ने असरका बारेमा प्रहरीले ख्यालै नगरेको देखिन्छ,’ अधिवक्ता विवसकुमार बस्नेतले भने ।

होम आइसोलेसनमा पठाएको बलात्कार आरोप गाउँ पुगेर भोजभतेर गरेको, प्रहरीलाई घुस दिएर आफू छुटेको बताउने गरेको, पीडितको घरमा पुगेर धम्क्याउने गरेको जस्ता गुनासो प्रहरीकोमा नपुगेको होइन । प्रहरीले अहिलेसम्म गुनासाहरु नसुनेझैँ गरिररहेको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।