७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल
अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ । 

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्ने क्रममा उहाँले कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो । “पहिलो कुरो त बिचौलियलाई कार्यालयभित्र पस्न नदिनुहोस् भन्छौँ, यदि त्यो भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौँ र कारबाही गछौँ”, उहाँले भन्नुभयो, “कानुनी कारबाहीमा आएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारी पनि हच्किएर सही बाटोमा आउनेछ ।” 

मन्त्री दाहालले कार्यालयमा कहीँकतै सेटिङ रहेको पाएमा त्यसलाई निर्मम तरिकाले नियन्त्रण गर्ने उल्लेख गर्दै कार्यालयभित्र कहीँकतै कर्मचारीको सेटिङ छ भने हामी खोजी गर्नेछौँ र त्यसलाई निर्मम तरिकाले नियन्त्रण गछौँ भन्नुभयो । 

वाग्मती प्रदेश यातायात मन्त्रालयका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गर्नुभएको हो । सो अवसरमा सचिव शाहले ढड्डा प्रणलीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने बताउनुभयो । उहाँले वाग्मतीलई नमूना प्रदेश बनाउने गरी काम गरिने बताउँदै मन्त्रालयअन्तर्गतका कार्यालय तथा निकायमा विचौलियालाई रोक्ने र भ्रष्टाचार शून्य सहनशीलता नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस