२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाको खोप

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाको खोप
अ अ+ अ-

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिईएको हो । मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताउनुभयो । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उहाँले जानकारी दिनुभयो ।

आवश्यक खोप बिहिबार नै काठमाडौँ आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उहाँले बाँकि खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडी बढाउने उहाँको भनाई छ । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताउनुभयो । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडी बढाईने उहाँको भनाई छ ।