६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्वीले टी–२० विश्वकप २०२४ को ट्रफी जित्ने टोलीको लागि पुरस्कारको घोषणा गरेका छन् । समाचार संस्था एएनआईले जियो न्यूजको रिपोर्ट अनुसार यो समाचार प्रकाशित गरेको छ । जियो न्यूजका अनुसार नक्वीले आइतबार यो घोषणा गरेका हुन् ।

जियो न्यूजका अनुसार पाकिस्तानी टोलीले टी–२० विश्वकप जित्यो भने प्रत्येक खेलाडीलाई १ लाख डलर पुरस्कार दिइनेछ । हाल यो रकम पाकिस्तानमा २ करोड ७७ लाख रुपैयाँभन्दा बढी छ । यद्यपी पीसीबीले यसबारेमा आधिकारिक धारणा भने दिएको छैन ।

टी–२० विश्वकप जुन २ बाट सुरु हुँदैछ भने फाइनल जुन २९ मा हुनेछ । टी–२० विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । आयरल्याण्ड, क्यानडा र अमेरिका पनि यो समूहमा छन् । भारत र पाकिस्तानले आफ्ना सबै खेल अमेरिकामा मात्र खेल्नेछन् ।

विश्वकपअघि पाकिस्तानले आयरल्याण्डसँग तीन र इङ्ल्यान्डसँग चार खेलको टी–२० सिरिज खेल्नेछ । दुवै शृंखला विपक्षी टोलीको मैदानमा हुनेछन् । पाकिस्तान र आयरल्याण्डबीचको तीन खेलको टी–२० सिरिज मे १० बाट सुरु हुँदैछ । त्यस्तै पाकिस्तानी टोलीले मे २२ देखि इङ्ल्यान्डसँग चार खेलको टी–२० सिरिज खेल्नेछ ।