२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टाइटानिक’ मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन



अ+ अ-

एजेन्सी । चर्चित हलिउड फिल्म ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन भएको छ । यद्यपी बर्नार्डको मृत्युको कारण भने खुल्न सकेको छैन ।

बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले उनको मृत्यु मे ५ आइतबार बिहान भएको पुष्टि गरेका छन् । उनको अन्तिम क्षणमा उनको मंगेतर एलिसन उनको साथमा थिइन् ।

हिल शनिबार, मे ४ मा कमिक कोन लिभरपुलमा उपस्थित हुने भनिएको थियो, तर अन्तिम मिनेटमा रद्द गर्नुपर्‍यो ।

११ ओस्कार जित्ने दुई फिल्ममा अभिनय गर्ने बर्नार्ड एक मात्र चलचित्र स्टार थिए । उनले सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ र २००३ मा रिलिज भएको ‘लर्ड अफ द रिङ्स’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यी दुवै चलचित्रले ११–११ ओस्कार अवार्ड जितेका थिए ।

अभिनेताको निधनमा उनको सहअभिनेत्री बारबरा डिक्सनले उनको सम्झना गरेकी छिन् । अभिनेत्रीले ट्विटमा लेखेकी छिन्, ‘बर्नार्ड हिलको निधन भएको कुरा अत्यन्तै दुःखका साथ जानकारी गराउँछु ।

हामीले सन् १९७४ मा विली रसेलको शो ‘जोन पल जर्ज रिङ्गो एन्ड बर्ट’ मा सँगै काम गर्यौं। उहाँ एक अद्भुत अभिनेता हुनुहुन्थ्यो । उहाँसँग भेट्नु र काम गर्न पाउनु सम्मानको कुरा हो । भगवान बेनीको आत्मालाई शान्ति दिउन् ।

‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्स’ बाहेक हिलले आफ्नो करियरमा ‘गान्धी’ र ‘द स्कर्पियन किंग’ लगायत धेरै हिट फिल्महरूमा काम गरेका थिए । आफ्नो ५० वर्षको अभिनय करियरमा फिल्मका अलावा हिलले टिभी सिरियल र थिएटरमा पनि काम गरे ।