५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले ग्लेन म्याक्सवेललाई आईपीएलको इतिहासकै सबैभन्दा अहंकारी खेलाडी भन्दै सनसनी मच्चाएका छन् ।

हालको सिजनमा ब्याटिङमा ग्लेन म्याक्सवेलको प्रदर्शन राम्रो रहेको छैन । शनिबार गुजरात टाइटन्सविरुद्धको खेलमा उनी ४ रन मात्र बनाएर आउट भएका थिए ।

म्याक्सवेलले मध्य सिजनमा मानसिक स्वास्थ्य ब्रेक पनि लिए । अष्ट्रेलियाका अलराउन्डर आईपीएल २०२४ मा ब्याटको साथ संघर्ष गरिरहेको देखिन्छन् । दायाँ हाते ब्याट्सम्यानले अहिलेसम्म ८ खेल खेलेका छन् र जम्मा ३६ रन बनाएका छन् । गुजरात विरुद्ध म्याक्सवेलको प्रदर्शनबाट पार्थिव पटेल आक्रोशित देखिए ।

पटेलले ट्वीट गरे, ‘ग्लेन म्याक्सवेल… आईपीएल इतिहासमा सबैभन्दा अहंकारी खेलाडी हुन् ।’ पार्थिव पटेलको पोस्टमा फ्यानहरूबाट मिश्रित प्रतिक्रियाहरू देखिएका छन् । केहीले पार्थिव पटेलको समर्थन गर्दै म्याक्सवेलको आलोचना गरे भने केहीले ग्लेन म्याक्सवेलको समर्थन गरे ।

म्याक्सवेलको प्रदर्शनलाई हेर्दा हालको सिजनमा उनको प्रदर्शन निकै खराब रहेको छ । ग्लेन म्याक्सवेलले अहिलेसम्म ८ खेलमा ५.१४ को औसत र ९७.२९ को स्ट्राइक रेटमा ३६ रन बनाएका छन् । उनले बलिङमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् र ८ खेलमा ५ विकेट लिएका छन् । आरसीबीले आफ्नो अर्को खेल बिहीबार पञ्जाब किंग्ससँग धर्मशालामा खेल्नेछ ।