• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा तोकिएको पेशी हेर्न नमिल्ने सूचीमा परेको हो ।

पेसी सूचीको पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ मुख्य न्यायाधीश निरौलाले हेर्न नमिल्ने भन्दै पन्छाएका हुन् ।

यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । सामान्यतया झझी आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ गर्न नमिल्ने अभ्यास छ ।