१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी गोलसंगै युभेन्टसलाई सुपरकपको उपाधी



अ+ अ-

मिलान । युभेन्टसले बुधबार नेपोलीलाई २–० ले हराएर इटालियन सुपरकप जितेको छ । आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ७ सय ६०औं गोल समेत भएको छ । 

पोर्चुगाली फरवार्ड रोनाल्डोले भलीबाट पहिलो गोल गरेपछि सब्स्टिच्युट अल्भारो मोराटाले इन्जुरी समयमा दोस्रो गोल थपे । रोनाल्डो यो उपलब्धिसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् ।

यद्यपि यसलाई लिएर विवाद भने पाइन्छ । रोनाल्डोले जोसेफ बिचानको नाममा रहेको सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपलब्धिलाई उछिनेको मानिन्छ ।