१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर युनाइटेड शीर्ष, सिटी दोस्रो स्थानमा



अ+ अ-

लन्डन । म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ । पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले जित पक्का गरेको हो । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो । एडमोला लुकमनको गोलले फुलहमले अग्रता लिएयता एडिसन कभानीले बराबरी गोल फर्काए । घरबाहिर म्यानचेस्टरको यो सातौं जित हो र उसको लिगमा अपराजित यात्रा १७ खेल पुगेको छ ।

यो जितपछि म्यानचेस्टरको १९ खेलबाट ४० अंक भएको छ । लिग तालिकामा म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ र उसको १८ खेलबाट ३८ अंक छ । सिटीले अर्को खेलमा एस्टन भिल्लालाई २–० ले हरायो ।

त्यसमा बर्नार्डो सिल्भा र इलकयी गुन्डोगनले खेलको अन्त्यतिर गोल गरे । भिल्ला भने २६ अंकमा ११ औं स्थानमा रह्यो । यस्तै फुलहम १२ अंकमा पुछारबाट तेस्रोमा छ ।