• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल



पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले देश आर्थिक रुपमा केही अप्ठेरो अवस्थामा रहे पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

जेसिज सप्ताहका अवसरमा पोखरा जेसिजद्वारा आज पोखरामा आयोजित ‘आर्थिक विकास समृद्धिको आधार, बर्तमान परिस्थिति, सम्भावना र चुनौती’ विषयक अन्तरसम्वाद कार्यक्रममा उहाँले सकारात्मक सोचका साथ अघि बढ्नु जरुरी रहेको बताउनुुभयो ।

हालै लगानी सम्मेलन सकिएको उल्लेख गर्दै अध्यक्ष ढकालले देशमा लगानी भित्राउने सम्बन्धमा सत्ता पक्ष, प्रतिपक्षका साथै सबै राजनीतिक दल एक हुनु सकारात्मक भएको उल्लेख गर्नुुभयो ।

अर्थतन्त्रको विकास नभै देशको विकास हुन नसक्ने बताउँदै ढकालले निजी क्षेत्रसँगको सहकार्यमा समृद्धि हासिल गर्न सकिने बताउनुुभयो । सरकारले लगानीलाई प्रोत्साहन गर्न खोजेको देखिएकोउल्लेख गर्दै उहाँले लगानीलाई प्रोत्साहन कै लागि विभिन्न आठवटा कानुन परिमार्जन गरेको बताउनुुभयो । लगानीयोग्य पुँजी पनि रहेको र पर्यटककको आगमन पनि बढेका अवस्थामा समेत आत्मविश्वास नदेखिएको अवस्थामा लगानी सम्मेलन भएको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले सही नीति ल्याउन सकेको खण्डमा देशको अर्थतन्त्रमा सुधार हुँदै जाने उहाँले बताउनुुभयो । बैंकमा जम्मा भएको रकमलाई बजारमा पुुर्‍याउनका लागि सरकारको आगामी बजेट एवम् मौद्रिक नीति आउनुपर्नेमा उहाँले जोड दिनुुभयो । आर्थिक एजेन्डा साझा एजेन्डा हुनुपर्ने कुरामा देशका राजनीतिक दल पनि एक ठाउँमा भएको ढकालले बताउनुुभयो ।