६ असार २०८३, शनिबार
,
Latest
उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल



अ+ अ-

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले देश आर्थिक रुपमा केही अप्ठेरो अवस्थामा रहे पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

जेसिज सप्ताहका अवसरमा पोखरा जेसिजद्वारा आज पोखरामा आयोजित ‘आर्थिक विकास समृद्धिको आधार, बर्तमान परिस्थिति, सम्भावना र चुनौती’ विषयक अन्तरसम्वाद कार्यक्रममा उहाँले सकारात्मक सोचका साथ अघि बढ्नु जरुरी रहेको बताउनुुभयो ।

हालै लगानी सम्मेलन सकिएको उल्लेख गर्दै अध्यक्ष ढकालले देशमा लगानी भित्राउने सम्बन्धमा सत्ता पक्ष, प्रतिपक्षका साथै सबै राजनीतिक दल एक हुनु सकारात्मक भएको उल्लेख गर्नुुभयो ।

अर्थतन्त्रको विकास नभै देशको विकास हुन नसक्ने बताउँदै ढकालले निजी क्षेत्रसँगको सहकार्यमा समृद्धि हासिल गर्न सकिने बताउनुुभयो । सरकारले लगानीलाई प्रोत्साहन गर्न खोजेको देखिएकोउल्लेख गर्दै उहाँले लगानीलाई प्रोत्साहन कै लागि विभिन्न आठवटा कानुन परिमार्जन गरेको बताउनुुभयो । लगानीयोग्य पुँजी पनि रहेको र पर्यटककको आगमन पनि बढेका अवस्थामा समेत आत्मविश्वास नदेखिएको अवस्थामा लगानी सम्मेलन भएको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले सही नीति ल्याउन सकेको खण्डमा देशको अर्थतन्त्रमा सुधार हुँदै जाने उहाँले बताउनुुभयो । बैंकमा जम्मा भएको रकमलाई बजारमा पुुर्‍याउनका लागि सरकारको आगामी बजेट एवम् मौद्रिक नीति आउनुपर्नेमा उहाँले जोड दिनुुभयो । आर्थिक एजेन्डा साझा एजेन्डा हुनुपर्ने कुरामा देशका राजनीतिक दल पनि एक ठाउँमा भएको ढकालले बताउनुुभयो ।