४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जलवायु परिवर्तन, बालबालिकामा बढ्दो कुपोषणको कारक

जलवायु परिवर्तन, बालबालिकामा बढ्दो कुपोषणको कारक
अ+ अ-

काठमाडौं । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक अध्ययनले देखाएको छ । विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भएपनि विश्वव्यापी तापक्रम वृद्धि र प्रतिकुल मौसमका कारण न्यून पोषणको समस्या सन् २०१५ पछि बढेको बताइएको छ । 

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार सन् २०१९ मा विश्वका पाँच वर्ष मुनिका १४ करोड ४० लाख बालबालिकामा लामो समयसम्म खानामा अत्यधिक पोषण तत्वको कमीका कारण स्वभाविक शारीरिक विकास हुनसकेको छैन । त्यस्तै थप चार करोड ७० लाख बालबालिकाको खानामा न्यून पोषण तत्वको कारण स्वभाविक शारीरिक विकास प्रभावित भएको छ । 

बढ्दो क्षेत्रहरूमा आवश्यक पोषक तत्वहरूको कमीले यो शताब्दीको मध्यसम्ममा १० अरब मानिसहरूलाई उचित भोजन व्यवस्थापन क्षमतामा चुनौती आउनसक्ने विज्ञहरूले बताएका छन् । हालै सार्वजनिक अध्ययन प्रतिवेदनमा भर्मन्ट विश्वविद्यालयको नेतृत्वको अनुसन्धानकर्ताहरूको एक टोलीले एशिया, अफ्रिका र दक्षिण अमेरिकाका निम्न आय भएका १९ देशहरूका पाँच वर्षमुनिका एक लाख बालबालिकाहरूको विविध खानाको परीक्षण गरेको र यसलाई ३० वर्षको तापक्रम र वर्षाको तथ्याङ्कसँग जोडेर हेरिएको बताइएको छ ।  

उनीहरूले अध्ययन गरिएको छ मध्ये पाँच क्षेत्रहरूमा उच्च तापमान आहारको गुणस्तरमा उल्लेखनीय कटौतीसँग सम्बन्धित रहेको पाइएको बताएका छन् ।  वातावरणीय अनुसन्धानमुलक प्रतिवेदन प्रकाशित गर्दै उक्त टोलीले मौसम परिवर्तनले बाल विकासमा विश्वले गरेको ठूलो प्रगतिलाई अवरोध पु¥याउनेतर्फ सचेत गराएको छ । 

“पक्कै पनि, भविष्यको जलवायु परिवर्तनले कुपोषण समस्यालाई थप प्रभावित गर्ने पूर्वानुमान गरिएको छ तर आश्चर्यको कुरा उच्च तापक्रमका कारण अहिले नै कुपोषणको समस्या थप जटिल भएको देखिएको छ,” भर्मन्टका पोषण र खाद्य सेवाका सहायक प्राध्यापक मेरीडिथ नाइल्सले भन्नुभयो । 

गहन प्रभाव : यस अध्ययनले विशेष गरी आहार विविधता र सूक्ष्म पोषकतत्वको मापन गर्ने राष्ट्रसंघीय एकाइद्वारा सङ्कलित आहार विविधतामा ध्यान दिएको बताइएको छ । फलाम, फोलिक एसिड र जिङ्क, साथै भिटामिन ए र डी जस्ता सूक्ष्म पोषण तत्वहरू बच्चाको शारीरिक र मानसिक विकासको लागि महत्वपूर्ण हुन्छन् ।  बढ्दो कार्बन प्रदूषणले गहुँ, चामल, भटमास, सिमी तथा फलफूल लगायतका धेरै बालीहरूमा यी आवश्यक सूक्ष्म पोषकतत्वहरूको तह घटाउने गरेको अध्ययनले देखाएको छ । 

औसतमा, अध्ययनमा समावेस भएका बालबालिकाहरूले सम्भावित १० मध्ये ३.२ ले मासु र माछा, अन्न र गाढा प्रकारका पातका सागहरू जस्ता खाद्यान्न समूहहरूबाट बनेका खानाका परिकारहरू अध्ययनको अघिल्लो २४ घण्टामा खाएका थिए ।  अध्ययनका शिलशिलामा चिनियाँ बच्चाहरूले उक्त खाना समूहको सङ्ख्याभन्दा दोब्बर अर्थात् औसत ६.८ प्रतिशतभन्दा बढी खाने गरेको भेटिएको थियो । यो विकसित मुलुकको हकमा पनि मिल्दोजुल्दो आँकडा हो । बढी तापक्रम रहेको र मौसमको अनियमित संरचना रहेको क्षेत्रमा बाल आहार विविधतामा गहिरो र अल्पकालीन–दीर्घकालीन प्रभाव रहने अध्ययनले बताएको छ । 

उच्च तापक्रमले बाल पोषण सेवनलाई असर गर्ने विश्वव्यापी रूपमा महत्वपूर्ण मानिएका मुख्य बालीहरूको उत्पादन र पशुपालन उत्पादकता घटाउने गर्छ । यी दुबै बाल पोषण सेवनलाई असर पार्ने खाद्य स्रोतहरू हुन् । साथैे बढी तापक्रमको प्रभावका कारण गर्मी मौसममा गर्भ बोक्ने तथा गर्मी स्थानमा बस्ने एक महिलाले औषतभन्दा कम शिशुको जन्म दिन सक्छिन् ।

अध्ययनमा सम्लग्न अनुसन्धान्नमुलक लेखका लेखकहरूले कुनै पनि देशको सरकारहरूलाई सबै भन्दा कमजोर बच्चाहरूको लागि आहार सुधार गर्ने योजनाहरूमा मौसम परिवर्तनलाई पनि समावेश गर्न आग्रह गरे ।“यो विश्वव्यापी अनुसन्धानमा हामीले बारम्बार फेला पार्दछौं,”  भर्मोन्टको पर्यावरण संस्थानका लागि गुन्ड संस्थानका विश्वविद्यालयका निर्देशक तथा अध्ययन प्रतिवेदनका सह–लेखक टेलर रिकेट्सले भन्नुभयो । 

“हाल विश्वमा देखिएको वातावरणीय प्रदुषण र जलवायु परिवर्तनले विगत ५० बर्षको प्रभावशाली विश्वव्यापी स्वास्थ्य लाभलाई कमजोर पार्न सक्ने क्षमता राख्छ,” उहाँले थप्नुभयो । रासस