२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुँदै गएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? भन्नेकुरामा बहस हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज आएर सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुन थालेका छन् । नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ । नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भुमिका खेल्नुपर्छ । पत्रकार महासंघले एउटा अभियान छेड्नुपर्छ की, संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? संविधान बमोजिम राजनीतिक पार्टीहरुले आफ्नो कर्म गर्छन् की गर्दैनन् ? त्यतातिर कलम तिखार्नुपर्नेछ ।’

प्रमुख सचेतक परियारले ठूलो संघर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरु नै विश्वास गुमाउन थालेको बताउनु भयो ।




भर्खरै