काठमाडौँ । आज तरकारीको मूल्य केही बढेको छ भने केही घटेकाृ छ । प्याजको थोक मूल्य प्रति किलोको ६५ देखि ७० रुपैयाँमा तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार प्याजको उक्त मूल्य तोकिएको हो ।
त्यसैगरि सिमि किलोको ३० देखि ३५, भेण्टा किलोको ३० देखि ३५, लौका किलोको ३० देखि ३५, फर्सी किलोको २५ देखि ३०, बन्दा किलोको २० देखि २५, गाजर किलोको ७० देखि ८०, मुला किलोको ३० देखि ३५ र रायोको साग १५ देखि २० मा किनबेच भइरहेको छ ।
बिहीबार गोलभेडाको मूल्य किलोको ३५ देखि ४० रुपैयाँ, आलु किलोको ३० देखि ३५ रुपैयाँ, काउली किलोको १८ देखि २५ रुपैयाँ र बन्दा किलोको १८ देखि २२ रुपैयामा किनबेच भइरहेको जनाएको छ । साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ ।