८ पुष २०८१, सोमबार
,
Latest
आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह बालकोटमा बाबु–छोरा मृतावस्थामा भेटिए जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होः नेता सिंह महानगरपालिकामा कालोपत्रे सडकको कोर कटिङ् परीक्षणका लागि प्रयोगशालामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे



अ+ अ-

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।

पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।

सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन् ।  रासस