२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित



अ+ अ-

काठमाडौँ । एक खेल आगवै वेस्ट इन्डिजले पाँच खेलको टी–२० सिरिज जितेको छ ।

बिहिबार भएको खेलमा नेपाल २८ रनले पराजित भएसँगै वेस्ट इन्डिजले खेल पोल्टामा पारेको हो । वेस्ट इन्डिजले ३–१ को अग्रतामा सिरिज जितेको हो ।

जितको लागि २१० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर जम्मा १८१ रन बनायो । नेपालको लागि कप्तान रोेहित पौडेलले सर्वाधिक रन बनाए । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८२ रन बनाए । रोहित बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

ओपनर आरिफ शेख इनिङको दोस्रो बलमै शुन्य रनमा बोल्ड आउट भए । यस्तै, अर्का ओपनर कुशल भुर्तेल पाचौ ओभरको पाचौ बलमा १ रन बनाएर आउट घए । चौथो नम्बरमा आएका कुशल मल्ल पनि एक चौका प्रहार गर्दै पेभेलियन फर्किए ।

पाचौँ नम्बरमा आएका सन्दिप जोर १४ बलमा १९ रन बनाएर आउट भए । यस्तै दीपेन्द्र सिंह ऐरी १४ बलमा १९ रन बनाएर आउट हुदा गुलशन झाले १९ रन सोमपाल कामीले १० रन बनाए ।

वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु फोर्ड र हेडन वाल्शले समान ३/३ विकेट लिए । फेबियन अलें र गुडकेश मोतीले २/२ विकेट लिए ।

त्यसअघि टियू मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको थियो।

उसका लागि आन्द्रे फ्लेचरले ८४ रनको योगदान दिए । ५४ बल खेल्दै ८४ रनमा अविजित रहेका उनले ९ चौका र ४ छक्का हिर्काए । यस्तै, जोनसन चाल्र्सले ३० बलमा ५८ रन जोडे । फाबियन एलेन १९ बलमा ३३ रनसहित अविजित रहे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यस्तै, प्रतिश जिसिले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।

नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जितेको थियो भने हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सिरिजको अन्तिम खेल  शनिवार हुनेछ ।