१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित



अ+ अ-

काठमाडौँ । एक खेल आगवै वेस्ट इन्डिजले पाँच खेलको टी–२० सिरिज जितेको छ ।

बिहिबार भएको खेलमा नेपाल २८ रनले पराजित भएसँगै वेस्ट इन्डिजले खेल पोल्टामा पारेको हो । वेस्ट इन्डिजले ३–१ को अग्रतामा सिरिज जितेको हो ।

जितको लागि २१० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर जम्मा १८१ रन बनायो । नेपालको लागि कप्तान रोेहित पौडेलले सर्वाधिक रन बनाए । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८२ रन बनाए । रोहित बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

ओपनर आरिफ शेख इनिङको दोस्रो बलमै शुन्य रनमा बोल्ड आउट भए । यस्तै, अर्का ओपनर कुशल भुर्तेल पाचौ ओभरको पाचौ बलमा १ रन बनाएर आउट घए । चौथो नम्बरमा आएका कुशल मल्ल पनि एक चौका प्रहार गर्दै पेभेलियन फर्किए ।

पाचौँ नम्बरमा आएका सन्दिप जोर १४ बलमा १९ रन बनाएर आउट भए । यस्तै दीपेन्द्र सिंह ऐरी १४ बलमा १९ रन बनाएर आउट हुदा गुलशन झाले १९ रन सोमपाल कामीले १० रन बनाए ।

वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु फोर्ड र हेडन वाल्शले समान ३/३ विकेट लिए । फेबियन अलें र गुडकेश मोतीले २/२ विकेट लिए ।

त्यसअघि टियू मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको थियो।

उसका लागि आन्द्रे फ्लेचरले ८४ रनको योगदान दिए । ५४ बल खेल्दै ८४ रनमा अविजित रहेका उनले ९ चौका र ४ छक्का हिर्काए । यस्तै, जोनसन चाल्र्सले ३० बलमा ५८ रन जोडे । फाबियन एलेन १९ बलमा ३३ रनसहित अविजित रहे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यस्तै, प्रतिश जिसिले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।

नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जितेको थियो भने हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सिरिजको अन्तिम खेल  शनिवार हुनेछ ।