• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   अर्थतन्त्रका चुनौति र समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक: व्यवसायी ★   लिग टूको पहिलो सिरिज नेपालमा हुने, नेदरल्याण्ड्स र नामिबिया खेल्न आउँदै ★   कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ: बैंकर्स संघका अध्यक्ष केसी ★   जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप-२८ मस्यौदाको आह्वान ★   इजरायल र हमासबीचको युद्धविरामपछि फेरि युद्ध सुरु ★   गोरखामा अनलाइनमार्फत भुक्तानी गर्नेको सङ्ख्या बढ्दो ★   एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक ★   केपी ओली कप फाईनल: मधेशले आर्मीलाई दियो १ सय ३६ रनको मध्यम लक्ष्य ★   रहेनन् पूर्वखेलाडी तथा प्रशिक्षक थापा ★   सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता: ओली

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारवाहीको तयारीः श्रममन्त्री श्रेष्ठ (भिडियो सहित)



आबुधावी । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलवार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने तयारी गरिएको बताउनुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताउनुहुँदै उहाँले गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भुमिमा पनि नजोगिने बताउनुभयो । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिनुभएको थियो । 
उहाँले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताउनुभयो । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपीलाई पनि सहभागि गराएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफुले युएई सरकारसँग पनि आग्रह गरेको बताउनुभयो । अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न युएई
सरकारसँग सहयोगको आग्रह गरिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदुत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दुतावासका कर्मचारी सहित नेपाली संघ(संस्थाका प्रतिनिधि, गैरआवाशीय
नेपाली संघका प्रतिनिधि र श्रमिकहरुको सहभागिता थियो ।कार्यक्रमका सहभागिहरुले नेपाली श्रमिकहरुले युएईमा भोगेको समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।