४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विराटनगर र वालिङले बराबरी खेल्दा एपिएफले चन्द्रपुरलाई हरायो

विराटनगर र वालिङले बराबरी खेल्दा एपिएफले चन्द्रपुरलाई हरायो
अ+ अ-

काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा राष्ट्रिय महिला लिग वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङबराबरी खेल्दादिनको पहिलो खेलमा एपिएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० को फराकिलो अन्तरले हराएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेलेका हुन । प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा वालिङले लिएको सुरुआती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँडेको हो । वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो । विराटनगरकी आशा कुमारीले ६३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । त्यसपछि खेलमा फर्किन संघर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन । विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अंक बाँडेको वालिङले दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।

यस अघि बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतमा विभागीय टोली एपिएफले विजयी सुरुआत गर्यो । एएिफले चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको बर्चश्व रहेको एपिएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाब राखेर खेल देखाएको थियो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपिएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बसनेत, अञ्जली कुमार योन्जन र प्रिति राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

अधिकांस समय बलमा पकड जनमाएको एपिएफका सावित्रा भण्डारीले  १४ औं, ६२औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरागर्दा २२ औं अञ्जली, ६४औं मिनेटमा कप्तान अनिता र ८९ औं मिनेटमा पुजा राईले गोल गरेका थिए ।

सहज तिज निकालेको एपिएफले स्पष्ट ३ अंक जोडेको छ । माघ २१ गते सम्म सञ्चालन हुने महिला लिगमा तीन विभागीयसहित ७  टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।