११ श्रावण २०८३, सोमबार
,
Latest
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित भएको हो । योसँगै सिरिजमा वेस्ट इन्डिजले २–१ को अग्रता बनाएको छ ।

वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमै अलआउट भयो ।

नेपालका लागि करण केसी र लोकेश बमले २८–२८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल शाहले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ वेस्ट इन्डिज ए का हाइडेन वाल्सले ३, गुदाकेश मोतीले २ म्याथ्यु फोर्डे र फाबियन एलेन र ओवेड म्याककोइले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो । उसका लागि जोनसन चाल्र्सले शतकीय इनिङ्स खेले । उनी ६१ बलमा ११९ रनमा नटआउट रहे ।

यस्तै, किमो पल ७ बलमा १३ रनसहित अविजित रहे । आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान दिए । यस्तै, फाबियन एलेनले १९, एलिक अथान्जेले १७ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ४ ओभरमा ५४ रन खर्चेर एक विकेट लिए । सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर एक विकेट लिए ।