१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइबरमाथी एटलेटिको म्याड्रिडको जित, शीर्ष स्थानमा मजबुती कायम



अ+ अ-

म्याड्रिड । बिहीबार स्पेनी ला लिगामा एटलेटिको म्याड्रिडले आइबरलाई २–१ ले हराएको छ । लुइस स्वारेजले दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले जित आफ्नो भागमा पार्न सफल रह्यो । यो नतिजासँगै टोलीले शीर्ष स्थानमा आफ्नो पकड अझ मबजुत बनायो ।

यो जितपछि एटलेटिकोले शीर्ष स्थानमा सात अंकको अग्रता पनि खोलेको छ । आइबरले गोलरक्षक मार्को डिमिट्रोभिचको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टीबाट आफ्नो खेल जीवनको पहिलो गोल गरे ।

त्यसपछि स्वारेजले दुई गोल थपे । उनको विजयी गोल ८९ औं मिनेटमा सम्भव भएको थियो । बिहीबारको अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले १–१ को बराबरी खेले ।