१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन लिभरपुल बर्नलीसँग पराजित



अ+ अ-

लन्डन । बिहीबार च्याम्पियन लिभरपुलले पुछारतिरको बर्नलीसँग १–० ले स्तब्धपूर्ण हार बेहोरेको छ । यससँगै एनफिल्डमा लिभरपुलको ६८ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । यस्तै लिभरपुलको उपाधिरक्षाको सम्भावना पनि कमजोर बनेको छ ।

खेलको ८३औं मिनेटमा गोलरक्षक एलिसन बेकरले एसली बार्नसलाई लडाए । त्यसमै प्राप्त पेनाल्टीमा बार्नसले निर्णायक गोल गरे । योर्गन क्लोपको लिभरपुलले लिगका लगातार चार खेलमा गोल गर्न सकेको छैन ।

लिगका पछिल्ला पाँच खेलमा जितहीन रहेको लिभरपुल चौथो स्थानमा छ । यो शीर्ष स्थानमा रहेको पारम्परिक प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग ६ अंकको दूरी हो । बर्नली भने १९ अंकसाथ १६औं स्थानमा रह्यो ।