• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले



काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेका छन् ।

गएराति बायर्नको घरेलु मैदान एलियन्ज एरिनामा भएको खेलमा दुबै टोली २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको २४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ५३ औं मिनेटमा लेरोइ सानेले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए ।

५७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई २–१ गोलले अघि बढाए । ८३ औं मिनेटमा भिनियिसयसले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–२ को बराबरी गर्दै पहिलो लेग सकाए । उनले पेनाल्टीमा गोल गरेका हुन् ।

अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल आगामी हप्ता मे ९ मा हुनेछ ।