७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।

को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ ।

सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षिय राजन खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।