१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन



अ+ अ-

काठमाडौं । इलाम–२ को उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले हरेक मतदाताको एक–एक मतको सम्मान गर्ने बताउनुभएको छ ।

मंलबार प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले नागरिकको हरेक मतको सम्मान गरेर अघि बढ्ने बताउनुभयो । उहाँले आफ्ना पिता सुवासचन्द्र नेम्वाङले देखाएको उज्यालो बाटो समाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘तपाईँहरूको शीर कहिल्यै पनि झुक्न दिने छैन’, उहाँले भन्नुभयो ।

इलामको विकास गर्न सबैको सल्ला सुझाव लिएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘यहाँहरूकै सल्लाह, सुझाव लिएर, तपाईँहरुकै भावना अनुसार चल्ने छु’, उहाँले भन्नुभयो ।

कार्यक्रम इलामका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे निर्वाचन आयोगले छोटो अवधिमा नै निर्वाचनको काम सम्पन्न गर्न जिम्मेवारी दिएको भए पनि कुनै त्रुटि नहोस् भनेर काम गरेको बताउनुभयो ।

सबैको समन्वयकारी भूमिकाको कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । यसको लागि उहाँले सबैलाई धन्यवाद दिनुभयो ।