१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट कौशी खेती कृषकको खोजी गर्दै वडा कार्यालय



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडाले कौसी खेती प्रवद्र्धनका लागि आयोजना गरिएको कौसी खेती प्रतियोगिताबाट उत्कृष्ट ३ जना कौशी खेती कृषक खोजीको कार्यमा जुटेको छ ।

गृहिणी महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कौसी खेतीका तरकारी, साना फलफूल तथा पुष्प खेती व्यवस्थापनलाई समेत समेटिएको थियो ।

कम्पोष्ट विनबाट बनेको मलको प्रयोग, कौशी वा बगैंचाको लेआउट, मौसम अनुसारका विरुवाको छनौट, नियमित हेरचाह तथा पानीको प्रयोग जस्ता ११ वटा मापदण्ड तयार गरी पहिलो चरणको अनुगमन सकिएको वडा कार्यालयले जनाएको छ ।

पहिलो अनुगमनबाट प्राप्त तथ्यांकलाई आधारमा उत्कृष्ट ५० जनालाई कौशी खेती प्रवद्र्धनका लागि कोकोपिट, भर्मि कम्पोष्ट मल, ग्रो ब्याग, बिउबिजन, हजारी तथा स्प्रेयर लगायत विविध सामाग्रीहरु वडाबाट निःशुल्क वितरण गरिएको थियो ।