२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने

बागमतीको लगातार तेस्रो जित, पृथु बास्कोटाको अर्धसतक

बागमतीको लगातार तेस्रो जित, पृथु बास्कोटाको अर्धसतक
अ अ+ अ-

काठमाडौं । पृथु बास्कोटाको अर्धसतकको मद्दतमा बागमती प्रदेशले प्रदेश–२ माथि ६ विकेट जित निकाल्दै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बागमती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भयो । बागमतीका पृथु बास्कोटा ५३ रनमा नटआउट रहे । विभात्सु थापा अर्धसतक बनाउन तीन रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे । इसान पाण्डे हरिशंकर शाहको बलमा बोल्ड हुँदा उनको नाममा दुई किवेट रह्यो । यस्तै विशाल सुस्लिङ र कुमार थापाले एक/एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो । ७ विकेट गुमाउँदा ६९ रन जोडेको प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६६ रनको पारी खेल्दै धरमराएको इनिङलाई सम्हालेका थिए । राहुला प्रताप सिंहले २२ रनको योगदान गर्दा कुमार थापाले २२ रन जोडे । कप्तान सुरज कुर्मीले १३ रन जोड्दा सुधिर चौधरीले १५ रनको पारी खेल्दै पवेलियन फर्किए । बागमति प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट निकल्दा रामनरेश गिरिले २ तथा नन्दन यादव, विपिन आर्चाय र तिलक भण्डारीले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । समूह ‘बी’ ले अन्तिम चारको ढोका बलियो बनाएको छ । शीर्ष स्थानको बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश–२ को यो लगातार दोस्रो हार हो । प्रदेश–२ ले तालिका अंक जोड्न सकेको छैन ।