२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयोत्सवमा सहभागी हुन एमाले अध्यक्ष ओली इलाम जाँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयोत्सवमा सहभागी हुन आज इलाम जाँदै हुनुहुन्छ ।

इलाम क्षेत्र २ मा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएपछि विजय उत्सव समारोहलाई सम्बोधन गर्न ओली इलाम जान लाग्नुभएको हो ।

ओलीले दिउँसो १ बजे इलाम चोकबजारमा सम्बोधन गर्ने कार्यक्रम छ । विजयी भएका नेम्वाङलाई शुभकामना दिन भेटघाट कार्यक्रम भने ११ बजेबाट राखिएको छ ।

आज विहान सम्पन्न मतगणनामा कांग्रेस उम्मेद्वार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पछि पार्दै सुहाङ विजयी हुनुभएको थियो । उहाँले २७ हजार ७७२ मत प्राप्त गर्दा कांग्रेस उम्मेद्वार खड्काले २१ हजार ९४२ मत ल्याउनुभयो ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो हुनुभएको छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो हुनुभएको छ ।