• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’ ★   तमानखोलाको ऐतिहासिक पञ्चायत घर जीर्णोद्वार ★   बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान ★   अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने ★   ‘हिरामण्डी’मा अदिति रावको ‘गज गामिनी’ चाल चर्चामा, के हो यसको अर्थ ? ★   राष्ट्रिय सभामा काँग्रेसको बिरोध कायमै, शुक्रवारसम्मका लागि बैठक स्थगित ★   अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ: अध्यक्ष ओली ★   दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए ★   नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि ★   गृहमन्त्री लामिछानेको आक्रोश: एक पटक बोल्न पाउनु पर्यो,त्यत्ति हो मागेको, यति घिन लाग्दो मिडिया ट्रायल…

उदीयमान नेपाल बनाउनु आजको आवश्यकता: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्ध नेपाल र सुखी नेपालीको साझा परिकल्पना हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानी आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको विकास र समृद्धिका लागि लगानी गर्न आग्रह गर्नुभयो । उहाँले । लगानी सम्मेलन नेपालका लागि विदेशी लगानी कर्ता भित्र्याउने ठूलो ठाउँ बनेको बताउनु भयो । उहाँले नेपालको विकास प्रक्रियामा लगानी मार्फत योगदान गर्न आग्रह गर्नुभयो । उहाँले पुँजी र प्रविधिको खाडललाई अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । नयाँ लगानीबाट उदीयमान नेपाल बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले नेकपा एमाले लगानीमैत्री वातावरण सिर्जना गर्न तयार रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई समापन समारोहमा बोलाएर बोल्ने मौका दिनुभएकोमा धेरै धेरै आभारी छु । तपाईहरु लगानी सम्मेलनका लागि नेपाल आउनुभएकोमा धेरै धेरै धन्यवाद छ । नेपालमा विकासका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि निजी क्षेत्रहरुको लगानी अनिवार्य छ । नेपालको विकास र समृद्धिका लागि लगानी गर्न आग्रह गर्दछु । सूचना तथा प्रविधि लगायतका क्षेत्रमा लगानीको धेरै ठूलो माहोल छ । लगानी सम्मेलन नेपालका लागि विदेशी लगानी कर्ता भित्र्याउने ठूलो ठाउँ पनि हो । देशको विकासमा सबै राजनीतिक दलहरु एक भएर जिम्मेवारीलाई पूरा गर्नुपर्छ । नेपालको विकास प्रक्रियामा लगानी मार्फत योगदान गर्न इच्छुकहरुले लगानी गरेर विकासमा सहयोग गर्न सक्नुहुनेछ । प्रविधिको स्थानान्तरण र व्यापारको कुशल व्यवस्थापन अभ्यासहरू नेपालमा गर्न सकिन्छ । समृद्ध नेपाल र सुखी नेपालीको साझा परिकल्पना हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानी र पुँजी र प्रविधिको खाडललाई अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो । नयाँ लगानी प्रविधिसहित उदीयमान नेपाल बनाउनु आजको आवश्यकता हो । यसमा सबैले हातेमालो गर्न जरुरी छ । नेकपा एमाले लगानीमैत्री वातावरण सिर्जना गर्न तयार छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार परिणाममुलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको उल्लेख गर्दै यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको बताउनु भयो । निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गर्नुभयो ।—न्युज एजेन्सी नेपाल