७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा एकीकृत समाजवादीको धरौटी जफत



अ+ अ-

कैलाली । बझाङ प्रदेशसभाको उपनिर्वाचनमा भाग लिएको नेकपा (एकीकृत समाजवादी)को धरौटी जफत भएको छ ।

बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।

यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत प्राप्त गरे । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका सिंहको धरौटी जफत भएको छ ।

बझाङमा एमालेका दमन भण्डारी निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।