२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी निर्वाचित



अ+ अ-

चैनपुर । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गरे । एमालेका भण्डारी ११६१२ मतसहित विजयी भएका हुन् । कांग्रेसका सिंहले ११३४३ मत ल्याए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत प्राप्त गरे ।

बझाङ प्रदेशसभा (क)मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए ।