१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा ११ सय मत गन्न बाँकी छँदा एमालेका भण्डारीलाई ३४२ मतको अग्रता



अ+ अ-

चैनपुर । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

गणना अन्तिम चरणमा पुग्दा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई बढाउँदै लगेका छन् ।

अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् ।

भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित उनलाई पछ्याइरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत ल्याएका छन् ।